दफा ५१
वार्षिक प्रतिवेदन पेश गर्ने
(१) आयोगले प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र त्यस्तो वर्षभरीमा आफूले सम्पादन गरेको काम कारबाहीको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन नेपाल सरकारले प्रतिनिधिसभाको सम्बन्धित विषयगत समितिमा पेश गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको समितिले आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकता अनुसार जुनसुकै बखत अनुगमन गरी आयोग, सम्बन्धित निकाय वा पदाधिकारीलाई निर्देशन दिन सक्नेछ।